घोडीघोडा लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने

2021-09-14
घोडीघोडा लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाकेको हो। 

बैठकले आगामी असोज १६ गते काठमाण्डौ धनगढी कैलालीमा रहेको होटल रुबसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका लागि दुवै संस्थाको मूल्यांकनकर्ताबाट प्राप्त सिर्जना फाइनान्सको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्तिपश्चातका व्यवसायिक अवसरहरु, सम्पत्ति एवम दायित्वको बजारमूल्य र वर्तमान जोखिमका आधारमा घोडीघोडा लघुवित्तको १०० कित्ता सेयरलाई युनिक नेपालको ५० कित्ता सेयर दिने १ः०.५० स्वाप रेसियो कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै प्राप्ति सम्बन्धि भएका सम्पूर्ण सम्झैताहरुलाई अनुमोदन गर्ने र प्राप्ति प्रायोजनका लागि नियुक्त लेखापरीक्षकको नियुक्तीलाई पारित गरिनेछ।  

संस्थाको सेयर कारोबार २०७७ कात्तिक २३ गते रोक्का रहेको छ । 


Share this with your friends: