छिमेक लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-08-17
छिमेक लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो । 

बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांस रकम बुझिलिन बाँकी रहेका सेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा उल्लेखित आ.वमा सेयरधनी रहेको तर हाल आफ्नो सेयरध बिक्री गरिसकेका तत्कालिन सेयरधनीहरुले आवश्यक कागजातको प्रतिलिपी सहित संस्थाको सेयर रजिष्ट्रार एनएमबी क्यापिटल नागपोखरी  काठमाण्डौमा कारोबार समयमा सम्पर्क राखि लाभांस रकम बुझिलिन आग्रह गरेको छ । 

उक्त अवधिभित्र लाभांस रकम बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ । 


Share this with your friends: