छ्याङदी हाइड्रोपावरद्वारा हकप्रदका लागि बुक क्लोज मिति तय

2021-12-24
छ्याङदी हाइड्रोपावरद्वारा हकप्रदका लागि बुक क्लोज मिति तय

काठमाण्डौ ।छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी पुस २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले चुक्तापूँजीको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।


Share this with your friends: