काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।
यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताहरुले आगामी चैत ९ गतेसम्म ग्लाबेल आइएमई बैंक नक्साल काडमाण्डौ तथा शाखा कार्यालयहरु,विर्तामोड,विराटनगर,जनकपुर,आदर्शनगर,विरगंज,हेटौडा,नारायणगढ,न्यूरोड,पोखरा,बुटवल,बाग्लुङ,नेपालगंज,सुर्खेत,घोराही,धागढी र महेन्द«नगरबाट बोलपत्र आवेदन दिन सक्नेछन्।