जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के नियुक्त

2021-02-07
जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कायममुकायम(कामु) महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन्। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रबन्धक पदमा कार्यरत विनेश मास्केलाई कामु महाप्रबन्धकमा नियुक्ती गरेको हो। 

कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्नका लागि मास्केलाई कामु महाप्रबन्धकको जिम्मेवारी दिईएको जनाएको छ। 

 


Share this with your friends: