जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-04-09
जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो वैशाख २६ गते आईतबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख ९ गतेसम्म कायम सेयरधनीहरु मात्रै वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन्।    

 


Share this with your friends: