जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान

2021-05-02
जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मास्क र सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मास्क र सेनिटाइजर प्रदान गरिएको जनाएको छ ।

कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कंडेलले सहयोग प्रदान गर्दै कम्पनीद्वारा प्रदान गरिएको सहयोगले कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने बताए ।

यस्तै उक्त अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीद्वारा प्रदान गरिएको सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गरे ।


Share this with your friends: