जनरल इन्स्योरेन्सको मुनाफा ५६.२०%ले वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

2022-02-07
जनरल इन्स्योरेन्सको मुनाफा ५६.२०%ले वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा १२.७५ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ९७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ करोड ८८ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ८२.९७ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यो रकम १ करोड ३ लाख २९ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११७.१६ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी बढेर ५ करोड ९९ लाख ६१ हजार रुपैयाँमा सीमित बनेको छ। गत आ.वको दोस्रो त्रैमासको सोहि अवधिमा कम्पनीले २ करोड ७६ लाख १२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। यो अवधिमा कम्पनीले ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५६.२० प्रतिशतले बढी हो। 

यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ९९.४७ प्रतिशतले वृद्धि भएर १४ करोड ९२ लाख ४८ हजार रुपैयाँको भएको छ। अघिल्लो वर्ष ६ करोड ६२ लाख ४२ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १३ करोड ३ लाख ५७ हजार रुपैयाँको भएको छ। 
समीक्षा अवधिमा कम्पनीले व्यवस्थापन खर्च वृद्धि भएको छ। ७ करोड ७० लाख रुपैयाँ व्यवस्थापन खर्च रहेको कम्पनीको व्यवस्थापन खर्च १०.१७ प्रतिशतले वृद्धि भएको छ। 

कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३८ हजार ०९८ बीमालेख जारी गरेको छ। यस्तै कम्पनीको प्रति सेयर आम्दानी ११.३८ रुपैयाँ, पिई अनुपात ५९.१५ गुणा, प्रति सेयर नेटवर्थ १२९.१८ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १८८.३१ रुपैयाँ रहेको छ। 


Share this with your friends: