जन्मदिनमा छोरालाई रु.१० लाखको बीमा पोलिसी उपहार

2022-01-31
जन्मदिनमा छोरालाई रु.१० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा वृद्धि भईरहेको छ ।  

यस्तै अभिप्रायकका साथ मकवानपुरको कैलाश गापा– १० नामटार गैरीगाउँ निवासी सुनिता तामाङ्गले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छिन् । सुनिताले छोरा सनिश थिङ्गलाई रु.१० लाखको बीमा पोलिसी उपहार दिएर जन्मदिनलाई विशेष पारेकि हुन् । 

सुनिताले छोरा सनिशका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय हेटौडाबाट रु. १० लाख रुपैयाँको २० वर्षे बाल उच्च शिक्षा योजना खरिद गरेकि हुन् । 

जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार दिदाँ अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने सिनियर एजेन्सी राजु साहले बुझाएसँगै उक्त गराउन सफल भएको अभिकर्ता मोक्तानले उक्त कार्यक्रमममा बताइन् ।

एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनस दिने भएकोले यो बिमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए । 


Share this with your friends: