जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

2020-09-14
जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो । 

“हामी अहिले भविष्यका लागि महामारी सुरक्षामा सम्पत्ति तथा दुर्घटना बीमा समेटेर नयाँ कन्ट्रायक्ट ल्याउने कि नल्याउने भनेर जाँच गरिरहेका छौ ।” म्युनिख रिका प्रमुख टोसन जिवोरकेले भने । 

म्युनिखको कोरोनाभाइरस सम्बन्धित घाटाहरु मुख्य गरेर प्रमुख इभेन्टहरु स्थगित र लकडाउनका कारण प्रभावित बनेको आम्दानीका कारण देखिएको हो । महामारीसंग सम्बन्धित दावीमा उछाल आएपछि कम्पनीले गत मार्च महिनामा मुनाफा घट्ने चेतावनी दिदै सेयर बाईब्याक प्रोग्रामलाई स्थगित गरेको थियो । कम्पनीले सन् २०२० का लागि नयाँ मुनाफा निर्देशिका समेत जारी गरेको छैन । 


Share this with your friends: