जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-02-08
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २५ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत माघ २१ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखि बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार २२० कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: