जीवन बीमा कम्पनीहरुद्वारा ५८.२६ अर्ब नविकरण बीमाशुल्क आर्जन

2022-02-28
जीवन बीमा कम्पनीहरुद्वारा ५८.२६ अर्ब नविकरण बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५८ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५८ अर्ब २६ करोड ९७ लाख ८२ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् । 

यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले माघ महिनाको अन्त्यसम्ममा १७ अर्ब २१ करोड ३४ लाख ८२ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । यस्तै एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले माघ महिनासम्ममा ८ अर्ब २७ करोड ११ लाख १९ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

राष्ट्रिय बीमा संस्थान तेस्रो स्थानमा रहेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ५ अर्ब ७६ करोड ६१ लाख ३६ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

यसैगरी नेशनल लाइफले ५ अर्ब ३४ करोड ३२ लाख १३ हजार,मेट लाइफ २ अर्ब २१ करोड २२ लाख ७९ हजार,एशियन लाइफ २ अर्ब ८६ करोड ५ लाख १३ हजार,गुराँस लाइफ १ अर्ब ४४ करोड १३ लाख ९३ हजार,सूर्या लाइफ १ अर्ब ७८ करोड ८९ लाख ३१ हजार,प्राइम लाइफ २ अर्ब १९ करोड ३७ लाख ,आइएमई लाइफ १ अर्ब ९ करोड २० लाख ९३ हजार,युनियन लाइफ ३ अर्ब ३७ करोड १३ लाख ४१ हजार,ज्योति लाइफ १ अर्ब ४ करोड २६ लाख १ हजार,सन नेपाल लाइफ ९१ करोड ७२ लाख ७९ हजार,रिलायन्स लाइफ ९६ करोड ४७ लाख २२ हजार,रिलायबल नेपाल लाइफ ८१ करोड ९८ लाख ९७ हजार,सिटिजन लाइफ १ अर्ब ३७ करोड ४४ लाख ३७ हजार,सानिमा लाइफ ६८ करोड ३४ लाख ७१ हजार,प्रभु लाइफ ५२ करोड ९७ लाख २ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३८ करोड ३४ लाख ७३ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । 


Share this with your friends: