जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २८ अर्ब बढी, कसको कति ?

2021-04-02
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २८ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २८ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार फागुनसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका हुन्। 

तथ्यांकका अनुसार यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ। नेपाल लाइफले सबैभन्दा बढी ६ अर्ब ८ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ। सूचीको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। जसको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ६१ करोड रुपैयाँ छ। 

तेस्रो स्थानमा रहेको यूनियन लाइफले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसैगरी एलआईसी नेपालले २ अर्ब ३१ करोड, सूर्या लाइफ १ अर्ब ४६ करोड, एशियन लाइफ १ अर्ब ४४ करोड, रिलायबल लाइफ १ अर्ब ४३ करोड, ज्योति लाइफ १ अर्ब २१ करोड, गुराँस लाइफ १ अर्ब २० करोड, सिटिजन लाइफ १ अर्ब ११ करोड, रिलायन्स लाइफ १ अर्ब ५ लाख, मेट लाइफ ९८ लाख, प्राइम लाइफ ९५ लाख, आइएमई लाइफ ८३ लाख, सानिमा लाइफ ८१ लाख, प्रभु लाइफ ६२ लाख, सन नेपाल लाइफ ६० लाख, राष्ट्रिय बीमा संस्थान ५८ लाख र महालक्ष्मी लाइफले ४७ लाख बराबरको बीमाशुल्क आर्जन गरेका छन्। 

 


Share this with your friends: