जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ६६.२८ अर्ब,फागुन महिनामा आर्जन गरे ८ अर्ब बढी

2022-04-06
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ६६.२८  अर्ब,फागुन महिनामा आर्जन गरे ८ अर्ब बढी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ६६ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् । 

यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले फागुन महिनाको अन्त्यसम्ममा १९ अर्ब ५४ करोड ६० लाख ७ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । यस्तै एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले फागुन महिनासम्ममा ९ अर्ब ४२ करोड ४३ लाख ३८ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

नेशनल लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ६ अर्ब १६ करोड ७० लाख १२ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

यसैगरी नेशनल लाइफ राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ९७ करोड ८३ लाख ५५ हजार, युनियन लाइफ ३ अर्ब ९८ करोड ७३ लाख ८६ हजार,एशियन लाइफ ३ अर्ब २४ करोड ९२ लाख ६० हजार,मेट लाइफ २ अर्ब ५६ करोड ६२ लाख ६८ हजार,प्राइम लाइफ २ अर्ब ५६ करोड ५५ लाख १४ हजार,सूर्या लाइफ २ अर्ब २ करोड ४४ लाख ५ हजार,गुराँस लाइफ १ अर्ब ६३ करोड ३२ लाख ४७ हजार,सिटिजन लाइफ १ अर्ब ६३ करोड ५८ लाख ६७ हजार,आइएमई लाइफ १ अर्ब  २६ करोड ८ लाख २६हजार, ज्योति लाइफ १ अर्ब २१ करोड ७६ लाख ८ हजार,रिलायन्ँस लाइफ १ अर्ब ११ करोड ४२ लाख ८७ हजार,सन नेपाल लाइफ १ अर्ब ५ करोड ६६ लाख १६ हजार,रिलायबल नेपाल लाइफ ९८ करोड १५ लाख ४० हजार,सानिमा लाइफ ७९ करोड ६७ लाख १३ हजार,प्रभु लाइफ ६२ करोड ९१ लाख ८८ हजार र महालक्ष्मी लाइफले ४५ करोड ५२ लाख २९ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्ज गरेका छन् ।  

फागुन महिनामा मात्रै भने जीवन बीमा कम्पनीहरुले ८ अर्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । फागुन महिनामा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । कम्पनीले पुस महिनामात्रै २ अर्ब ३३ करोड २५ लाख २५ हजार रुपैयाँ निवकरण बीमाशुल्क आर्जन गरेको छ ।  


Share this with your friends: