जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन, कसको कति ?

2022-04-26
जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चैत महिनाको अन्त्यसम्ममा १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको यो अवधिसम्ममा २६ अर्ब ३७ करोड ३५ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले १२ अर्ब ४५ करोड ६३ लाख ८० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले १० अर्ब १३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ६ अर्ब ९८ करोड ४१ लाख ५३ हजार रुपैयाँसहित राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले चैत महिनाको अन्त्यसम्ममा ६ अर्ब १५ करोड ४६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै एशियन लाइफ ५ अर्ब १३ करोड ३० लाख ८७ हजार, मेट लाइफ ४ अर्ब ३ करोड ४० लाख ८४ हजार, गुराँस लाइफ २ अर्ब ३३ करोड ३३ लाख २७ हजार, सूर्या लाइफ ३ अर्ब ६३ करोड ६९ लाख ७८ हजार, प्राइम लाइफ ३ अर्ब ८९ करोड ४४ लाख २० हजार,आइएमई लाइफ २ अर्ब ३८ करोड ८६ लाख ६४ हजार,ज्योति लाइफ २ अर्ब ६३ करोड ११ लाख २० हजार , सन नेपाल लाइफ ३ अर्ब ३ करोड ८६ लाख ९ हजार,रिलायन्स लाइफ २ अर्ब ४ करोड ८३ लाख ९४ हजार,रिलायबल नेपाल लाइफ २ अर्ब ९९ करोड ६ लाख ,सिटिजन लाइफ ३ अर्ब ९० करोड ५२ लाख ३८ हजार,सानिमा लाइफ १ अर्ब ७३ करोड २३ लाख १६ हजार प्रभु लाइफ १ अर्ब ४७ करोड ९२ लाख १३ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ४ करोड १४ लाख १८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्  । 


Share this with your friends: