जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन रु.९३.८६ अर्ब, नेपाल लाइफ अग्रस्थानमा

2021-04-29
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन रु.९३.८६ अर्ब, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।

बीमा समितिको तथ्यांक अनुसार यो अवधिमसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 
समीक्षा अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। यो अवधिसम्ममा कम्पनीले २५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। सूचीको दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरशेनले १३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेशनल लाइफले ८ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

यसैगरी समीक्षा अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९१ करोड, यूनियन लाइफ ५ अर्ब १६ करोड, एशियन लाइफ ४ अर्ब ६४ करोड, मेट लाइफ ४ अर्ब ३ करोड, सूर्या लाइफ ३ अर्ब २७ करोड, प्राइम लाइफ ३ अर्ब १० करोड, गुराँस लाइफ ३ अर्ब ३ करोड, सिटिजन लाइफ २ अर्ब ५४ करोड, रिलायबल लाइफ २ अर्ब ३२ करोड, ज्योति लाइफ २ अर्ब २८ करोड र रिलायन्स लाइफले १ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

यो अवधिसम्ममा आइएमई लाइफले १ अर्ब ८५ करोड, सन नेपाल लाइफ १ अर्ब ६८ करोड, सानिमा लाइफ १ अर्ब ४८ करोड, प्रभु लाइफ १ अर्ब १३ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्।      

 


Share this with your friends: