जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३२ अर्ब बढी, कसको कति ?

2021-05-09
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३२ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार तेस्रो त्रैमाससम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका हुन्। 

तथ्यांकका अनुसार यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ। नेपाल लाइफले सबैभन्दा बढी ६ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ। सूचीको दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ। जसको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ९४ करोड रुपैयाँ छ। 

तेस्रो स्थानमा रहेको नेशनल लाइफले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसैगरी युनिएन लाइफ २ अर्ब ५२ करोड, रिलायबल नेपाल लाइफ १ अर्ब ७१ करोड, एशियन लाइफ १ अर्ब ७० करोड, सूूर्या लाइफ १ अर्ब ५८ करोड, सिटिजन लाइफ १ अर्ब ४४ करोड, गुराँस लाइफ १ अर्ब ४२ करोड, ज्योति लाइफ १ अर्ब ४१ करोड, मेट लाइफ १ अर्ब १६ करोड, रिलायन्स लाइफ १ अर्ब १३ करोड र प्राइम लाइफले १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । 

यस्तै समीक्षा अवधिसम्ममा आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब १ करोड, सानिमा लाइफ ९६ करोड, प्रभुु लाइफ ७१ करोड, सन नेपाल लाइफ ६९ करोड, राष्ट्रिय बीमा संस्थान ६५ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४७ करोड रुपैयाँ बराबरको  प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।  


Share this with your friends: