जीवन बीमा कम्पनीहरुद्वारा २७ अर्ब बढी खुद दाबी भुक्तानी, नेपाल लाइफ अग्रस्थानमा

2021-05-21
जीवन बीमा कम्पनीहरुद्वारा २७ अर्ब बढी खुद दाबी भुक्तानी, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब बढी दाबी भुक्तानी गरेका छन्। यो अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन्। 

समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै दाबी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ। कम्पनीले यस अवधिसम्ममा ७ अर्ब २९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब १९ करोड ३० लाख रुपैयाँ थियो। 

यस्तै सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेको सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। यो अवधिसम्ममा कम्पनीले ६ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ७४ करोड ४८ लाख ५० हजार ८३९ रुपैयाँ थियो।

यस्तै सूचीको तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। 

समीक्षा अवधिसम्ममा मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ६० करोड ४७ लाख, राष्ट्रिय बीमा संस्थानले २ अर्ब ५४ करोड २० लाख, युनियन लाइफले १ अर्ब ४५ करोड ९७ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ८० करोड ६९ लाख, एशियन लाइफले ७२ करोड २४ लाख, सूूर्या लाइफले ५० करोड ७८ लाख, रिलायबल नेपाल लाइफ ४७ करोड ११ लाख, गुराँस लाइफले ४४ करोड ३८ लाख, सिटिजन लाइफले ३७ करोड ८५ लाख, आइमई लाइफले ३४ करोड ११ लाख रुपैयाँ बराबरको खुुद दाबी भुक्तानी गरेका छन्। 

यसैगरी रिलायन्स लाइफले २१ करोड ४८ लाख, सन नेपाल लाइफले १४ करोड २५ लाख, सानिमा लाइफले ८ करोड ५० लाख, ज्योति लाइफले ६ करोड ४९ लाख रुपैयाँ, प्रभु लाइफ ५ करोड ३४ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन्। 

 


Share this with your friends: