जेठ मसान्तसम्म बक्यौता तिरे एनआईसी एशिया लघुवित्तका ऋणीहरुलाई ब्याजमा १५% सम्म छुट

2021-06-02
जेठ मसान्तसम्म बक्यौता तिरे एनआईसी एशिया लघुवित्तका ऋणीहरुलाई  ब्याजमा १५% सम्म छुट

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई यही जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कुल ब्याज रकमको ८५ देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 

कोरोना महामारीका कारण मानिसहरुको आय आर्जनमा परेको प्रभावलाई मध्यनजर गर्दै यस्तो छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ । 

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ मा समेत आफ्ना ग्राहकलाई रु। ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही वर्षमा संस्थाले रु। ९ करोड ३३ लाख २ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो। 

ग्राहकमैत्री संस्थाको अवधारणाअनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको र यस पटक पनि कोभिडका कारणले सिर्जित विषम परिस्थितिको सामना गर्न ग्राहकलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको संस्थाले जनाएको छ। गत महिना वैशाख २४ गतेदेखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ वैशाख मसान्तसम्मको सम्पूर्ण भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको बक्यौता ९तिर्न बाँकी रहेको० कुल ब्याज रकमको १०५ छुट प्रदान योजना लागू गरेको थियो। सो योजनाअनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरुलाई वैशाखमा छुटबापत प्राप्त गर्ने रकम रु। १५ लाख १८ हजार २०२.४७ रुपैयाँ ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ। 

संस्थाले  मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालयमार्फत संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, दिक्तेल भोजपुर, धार्चुला, अछाम, बैतडी, बझाङजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको छ।


Share this with your friends: