ज्योति लाइफको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

2021-03-31
ज्योति लाइफको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। ज्योति लाइफ र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धि सम्झौतामा चैत १७ गते सम्झौता सम्पन्न भएको हो। 

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब एनआईसी एशिया क्यापिटलले ज्योति लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। 

अब ज्योति लाइफको सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाण्डौ मार्फत हुनेछ।   

 


Share this with your friends: