ज्योति लाइफको नियमित सेयर कारोबार खुला

2021-04-07
ज्योति लाइफको नियमित सेयर कारोबार खुला

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजार सेयर कोरोबार आजबाट खुलेको छ। 

आज प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र ३६० रुपैयाँमा किनबेच भएसँगै कम्पनीको नियमित दोस्रो बजार कारोबार खुलेको हो। नेप्सेले कम्पनीको सुरुवाति कारोबारका लागि १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज निर्धारण गरेको थियो। नेप्सेले कारोबारका लागि कम्पनीलाई जेएलआई संकेत प्रदान गरेकाले अब यहि संकेतबाट कम्पनीको नियमित सेयर कारोबार हुनेछ। 

हिजो(चैत २४ गते) कम्पनीको २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। 

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको थियो। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो।

 


Share this with your friends: