ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

2021-04-26
ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १००.९७ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १० करोड १ लाख ७४ हजार ८९८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १९ करोड ६३ लाख ५६ हजार ५४० आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम ८ करोड ९२ लाख ५२ हजार ८५८ रुपैयाँरुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ६ करोड ४९ लाख २७ हजार ८६० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा यो रकम ३८ लाख ५४ हजार १२७ रुपैयाँ थियो। 
 
यो अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १२ करोड ७ लाख ७१ हजार ८२० रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ४.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड ५१ लाख ४२ हजार ७४६ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ७६.८१ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३४ करोड ६६ लाख ४४ हजार ७३९ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १९ करोड ६० लाख ५६ हजार ३२८ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार ४९८ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४८.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार १ अर्ब ४० करोड ४५ लाख ८९ हजार ७२० रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष ३७ करोड ३९ लाख ४५ हजार १७१ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ६० करोड ४ लाख ८७ हजार ३०२ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ८३ हजार १६७ बीमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४१ हजार १२६ बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रति सेयर आम्दानी ७.३२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १०३.३३ पिई अनुपात ७०.२२ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३००.९६ रुपैयाँ रहेको छ । 

 

       


Share this with your friends: