ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

2021-08-04
ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्ठौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुकहरुका लागि देशभरका ज्योति लाइफका शाखा तथा उपशाखाहरुमा तीनदिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो। 

यसका लागि न्यूनतम शैक्षिक योग्यता एलएलसी पास÷एसईई पास हुनुपर्नेछ। यो भन्दा माथिल्लो शैक्षिक योग्यता भएकाहरुले समेत यसमा सहभागी हुन सक्ने कक्पनीले जनाएको छ। यससम्बन्धि सम्पूर्ण जानकारीहरु www.jyotilife.com/training मा राखिएको र इच्छुक सहभागीहरुले नजिकको ज्याति लाइफको शाखा उपशाखा वा केन्द्रिय कार्यालयस्थित तालिम तथा विकास विभागमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।      

 


Share this with your friends: