ज्योति लाईफद्वारा बोनस दर घोषणा, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

2021-09-28
ज्योति लाईफद्वारा बोनस दर घोषणा, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो। 

कम्पनीले ९ वर्षको सावधिक जीवन बीमालेखका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वा सोभन्दा माथिल्लो वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँको बोनस दर निर्धारण गरेको छ। 

कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखका अन्र्तगत ९ वर्ष सम्मको अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। यसैगरी २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ तोकेको छ। 

यस्तै कम्पनीले अग्रिम भुक्तानी जीवन बीमालेख अन्र्तगत १० देखि १४ वर्षका लागि ४३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।   


Share this with your friends: