ज्योति लाइफको वार्षिक साधारण सभा आज, आईपीओ जारी मुख्य अजेन्डा

2020-11-11
ज्योति लाइफको वार्षिक साधारण सभा आज, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज ९कात्तिक २६ गते० आयोजना हुँदैछ। आईपीओ जारी मुख्य अजेन्डासहित उक्त सभा कम्पनीको काठमाण्डौको  ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको कर्पोरेट कार्यालयमा आयोजना हुन गइरहेको हो। 

सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमाजिम संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यी दुवै प्रस्तावमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्त्यिारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यसका साथै आर्थिक वर्ष २०७५ र ७६ का वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु समेत छलफल गरी पारित गर्नेछ। 


Share this with your friends: