ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2022-01-27
ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन पोखरा कास्कीमा रहेको वाटरफ्रन्ट रिर्सोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.०५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । 

यसैगरी आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनुका साथै आर्थिक वर्ष २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: