ज्योति विकास र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-13
ज्योति विकास र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज दुईवटा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले ज्योति विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २४१ रुपैयाँ कायम थियो। 

यस्तै नेप्सेले नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको सतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ८२९ रुपैयाँ कायम थियो। 

 


Share this with your friends: