झण्डै ७० अंकले घट्यो बजार, बीमातर्फ हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-08-31
झण्डै ७० अंकले घट्यो बजार, बीमातर्फ हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४४७.९८ अंकले घट्दै १६८२३.६४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७२.५८ अंकले घट्दै १३७९५.३६ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.५४ प्रतिशतले घट्दै प्रतिकित्ता ७७८ रुपैयाँ कायम भयो। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको ३.९२, एनएलजी इन्स्योरेन्स, एलआईसी नेपालको सेयरमूल्य ३.८१ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ६९.०५ अंकले घट्दै २९७५.८४ बिन्दुमा सीमित भयो। यो दिन २२७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँमा किनबेच भयो। 

आज सबै समूहमा गिरावट आयो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह २०५.७४ अंकले घट्यो भने बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल एण्ड टुरिजम ४६.७, हाइड्रोपावर १२४.२७, वित्त १०१.४८, उत्पादन तथा प्रशोधन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, म्युचुअल फन्ड ०.१३ र लगानी समूह २.८ अंकले घट्यो। 

आज कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। बैंकको सेयरमूल्य ७.५८ प्रतिशतले बढ्यो। त्यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.६३ प्रतिशतले घट्यो। 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्मा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्यो। माउन्टेन हाइड्रोको मूल्य ७.७६, हिमालयन उर्जा ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रोको सेयरमूल्य ५.९४ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक अर्थात १ अर्ब १ करोड बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टिलरी ४९ करोड २३ लाख र अपि पावर कम्पनीको २९ करोड ७८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: