टिकटक बिक्री विवादमा बीमा सम्झौतालाई नजिरको रुपमा प्रस्तुत गरिँदै

2020-09-15
टिकटक बिक्री विवादमा बीमा सम्झौतालाई नजिरको रुपमा प्रस्तुत गरिँदै

काठमाण्डौ ।  भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार बिक्री गर्ने होडबाजी जारी छ, र यसमा अब बीमा उद्योगको पनि सम्बन्ध जोडिन पुगेको छ।  

बाइटडान्सले ओराकल कर्पसंग साझेदारी गर्नका लागि आफ्नो अमेरिकी प्लेटफर्ममा बिक्री गर्नबाट पछाडि हटेको छ।  कम्पनीले यो कदमले चीनलाई खुसी पार्दे टिकटकको अमेरिकी प्रतिबन्धबाट बचाउन सहयोग पुग्ने अपेक्षा राखेको छ।  प्रस्ताव अनुसार ओराकलले कम्पनीको प्राविधिक साझेदारको रुपमा काम गर्ने छ र टिकटकको अमेरिकी युजर डेटाको व्यवस्थापन ग्रहण गर्नेछ।  रोयर्टसका अनुसार ओराकलले टिकटकको अमेरिकी सञ्चालनमा आफ्नो हिस्सेदारी माथि पनि छलफल गरिरहेको छ। 

टिकटकको मालिकका अनुसार ओराकलसंग एउटा उदाहरणीय सम्झौता हुनेछ र यस पश्चात यस प्रक्रियामा बीमा उद्योगको भुमिका सुरु हुनेछ।  बाइटडान्सले आफ्नो र ओराकलको वार्तालाई ह्यान्डलिङ गरिरहेको “कमिटी अन फरेन इन्भेष्टमेन्ट इन युनाइटेड स्टेस्ट्(सिएफआईयुएस) ले (जसले सम्झौताहरुले अमेरिकी राष्ट्रिय सुरक्षामा कस्तो प्रभाव पार्छ भनेर रिभ्यु गर्ने गर्दछ) दुई वर्षअघि “चाइना ओसियनवाइड होल्डीङस् गुप्र” को अमेरिकी बीमाकर्ता जेनवर्थको खरिदलाई गरेको अनुमोदनलाई दृष्टान्तको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ।  

उक्त सम्झौतामा चाइना ओसियनवाइडले अमेरिकामा स्थित थर्ड पार्टी सर्भिस प्रयोग गर्नका लागि जेनवर्थको अमेरिकी पोलिसीहोल्डर डेटा प्रबन्ध गर्न सहमति बनेको थियो।  

रोयर्टसका अनुसार बाइटडान्सले यो सम्झौतालाई नजिरको रुपमा पछ्याउदै ओराकलको संग मिलेर आफ्नो अमेरिकी युजर डेटा बचाउने छ।  
यस सम्बन्धमा बाइटडान्स र ओराकल दुवैले कुनै पनि प्रतिक्रिया दिएका छैनन।  


Share this with your friends: