डिप्रोक्स लघुवित्तद्वारा ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह

2021-08-27
डिप्रोक्स लघुवित्तद्वारा ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो । 

यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा सेयर बिक्री गरिसकेका सेयरधनीहरुले आवश्यक कागजातसहित संस्थाको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा नारायणचौर नक्साल काठमाण्डौमा सम्पर्क राख्न आग्रह गरेको छ । 

अन्यथा ५ वर्षभन्दा पुरानो(२०७१/७२ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ । 


Share this with your friends: