डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-09-28
डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३८.४२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६६६.१० रुपैयाँ कायम थियो । 

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०।६९ रुपैयाँको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि० गरी कुल २१.०५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांस आगामी असोज २३ गते आयोजना हुने कम्पनीको २० औँ वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: