तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

2021-07-19
तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । 

बोर्डले यी तीनै कम्पनीलाई असार ३१ गते निष्कासनको अनुमति प्रदान गरेको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीले ६० करोड रुपैयाँले हुन आउने रु १०० अंकित दरका ६०  लाख कित्ता आईपीओ निष्कासन गर्नेृछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको गत जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासको विशेष प्रस्ताव पारित गरेको थियो । 

यस्तै मानुषि लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । अब कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको रु १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा अर्को कम्पनीका रुपमा सामलिङ पावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले १२ करोड ३० लाख रुपैयाँबराकरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।  


Share this with your friends: