तीन कम्पनीको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

2021-10-01
तीन कम्पनीको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज(असोज १५ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर गत असोज ६ गतेदेखि बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको थियो। 

बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको ८४ हजार ४२९ कित्ता र आरएमडीसी लघुवित्तको ३ लाख ६५ हजार कित्ता संस्थापक सेयर गरी कुल ७ लाख ६६ हजार ७९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। 

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको न्यूनतम मूल्य प्रतिकित्ता ११९७ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि बोलकबोल पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिने सकिनेछ । 

मेरो माइक्रोफाइनान्स लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

त्यस्तै आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 


Share this with your friends: