दुई बीमासहित चार कम्पनीको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

2022-03-04
दुई बीमासहित चार कम्पनीको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर गत फागुन १३ गतेदेखि लिलामीमा राखेको छ ।   

आईसीएफसी फाइनान्सको ४८ हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफको १ लाख कित्ता र नेपाल लाइफको ५० हजार कित्ता गरी कुल २ लाख २१ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । 

यी सेयरहरु खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 
आईसीएफसी फाइनान्सको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९५, नेपाल ग्रामिण विकास लघुवित्तको ३७५, नेशनल लाइफको ३९० र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९०० रुपैयाँ निर्धारण गरिएको छ । 

लगानीकर्ताले सबै ४ वटा कम्पनीको सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेडमा आईपुग्ने बोलपत्र आवेदन दिनुपर्नेछ ।


Share this with your friends: