दुई लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

2022-04-17
दुई लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा आवेदन दिएका हुन् । 

उन्नति सहकार्य लघुत्तिले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँबराबरको रु.१५९ अंकित दरका १ लाख ७८ हजार ४५१ कित्ता र समता घरेलु लघुवित्तले ४ करोड ६० लाख ४१ हजार २२०.८० रुपैयाँबराबरको रु.१५९.०७ अंकित दरका २ लाख  ८९ हजार ४४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । 

उन्नति सहकार्य लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल र समता घरेलु लघुवित्तको आरबीबी मर्चेन्ट बैंकिङ रहेका छन् ।       


Share this with your friends: