दोर्दीखोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-04-18
दोर्दीखोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रु.१०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी वैशाख २७ गते र ढिलोमा जेठ ११ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: