काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रु.१०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा आगामी वैशाख २७ गते र ढिलोमा जेठ ११ गते बैंकिङ समयपछि हुनेछ ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।