दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-05-31
दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा जेठ ३१ गते र ढिलोमा असार ९ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: