नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-04-06
नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२७८.२० रुपैयाँ थियो। 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वैशाख १० गते आयोजना हुने १३ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: