काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यही यही पुस ९ गतेबाट ८९ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। जर्गाहामा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।