नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

2021-12-10
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १०० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ८५६ रुपैयाँ कायम थियो । 

बैंकले आगामी पुस ७ गते विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।


Share this with your friends: