निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या १६.९५ लाख,माघ महिनामा मात्रै जारी गरे २ लाख बढी

2022-03-03
निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या १६.९५ लाख,माघ महिनामा मात्रै जारी गरे २ लाख बढी

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा १६ लाख बढी बीमालेख जारी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा १६ लाख ९५ हजार ७८८ बीमालेख जारी गरेका हु्न् । 

यो अवधि सम्ममा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेको इन्स्योरेन्सले माघ महिनाको अन्त्यसम्ममा १ लाख ६७ हजार १९६ बीमालेख जारी गरेको छ । बीमालेख जारी गर्नेको सूचीमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले माघ महिनाको अन्त्यसम्ममा १ लाख ५५ हजार ३३७ बीमालेख जारी गरेको छ । 

तेस्रौ स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । सिद्धार्थ इन्स्योरेन्सले १ लाख ४७ हजार ६७२ बीमालेख जारी गरेको छ । यस्तै १ लाख ४३ हजार ९६४ बीमा लेख जारी गरेको शिखर इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । 

यसैगरी नेपाल इन्स्योरेन्सले १ लाख ६४१,ओरियन्टल इन्स्योरेन्सले २० हजार ९१२,राष्ट्रिय बीमा कम्पनी ३२ हजार ९३८,नेशनल इन्स्योरेन्स १२ हजार ६७५,हिमालयन इन्स्योरेन्स ६० हजार ५४७,युनाइटेड इन्स्योरेन्स १ लाख १ हजार ८२४,प्रिमियर ९६ हजार १९०,एभरेष्ट ६५ हजार २०, प्रभु इन्स्योरेन्स ६७ हजार ९१५,आइएमई जनरल ६८ हजार १३१,प्रुडेन्सियल इन्स्योरेन्स ८२ हजार ८३१,लुम्बिनी  जनरल ८३ हजार ९०४, एनएलजी इन्स्योरेन्स १ लाख १८ हजार १६९,जनरल इन्स्योरेन्स ४४ हजार ०२९,अजोड इन्स्योरेन्स ७३ हजार ३३५ र सानिमा जनरल इन्स्योरेन्स ५२ हजार ५५८ बीमालेख जारी गरेका छन् । 

माघ महिनामा मात्रै भने निर्जीवन बीमा कम्पनीहरुले २ लाख २० हजार २७२ बीमालेख जारी गरेका छन् । माघ महिनामा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमालेख जारी गरेको छ । माघ महिनामा शिखर इन्स्योरेनसले २३ हजार ८१७ बीमालेख जारी गरेको छ ।


Share this with your friends: