निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २० अर्ब बढी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

2021-03-31
निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २० अर्ब बढी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २० अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन्। 

यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.९८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ८८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए। 

यो अवधिसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले फागुनसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। सूचीको दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै नेको इन्स्योरेन्सले १ अर्ब ७३ करोड, सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ५७ करोड, एनएलजी इन्स्योरेन्स १ अर्ब ४६ करोड, प्रिमियर इन्स्योरेन्स १ अर्ब २६ करोड, प्रभु तथा आइएमई जनरल इन्स्योरेन्सले समान १ अर्ब, प्रुडेन्सियल इन्स्योरेन्स ९४ करोड, लुम्बिनी जनरल ९१ करोड, अजोड इन्स्योरेन्स ८९ करोड, नेपाल इन्स्योरेन्स ८४ करोड, युनाइटेड इन्स्योरेन्स ७४ करोड, ओरियन्टल इन्स्योरेन्स ७३ करोड, एभरेष्ट इन्स्योरेन्स ६७ करोड, हिमालयन जनरल इन्स्योरेन्स ६० करोड, नेशनल इन्स्योरेन्स ५५ करोड र सानिमा जनरल इन्स्योरेन्सले ३९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।

 


Share this with your friends: