निर्जीवन बीमा कम्पनीहरुद्वारा १४.८५ लाख बीमालेख जारी,कनु कम्पनीको कति ?

2022-02-09
निर्जीवन बीमा कम्पनीहरुद्वारा १४.८५ लाख बीमालेख जारी,कनु कम्पनीको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १४ लाख बढी बीमालेख जारी गरेका छन् । यो अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ बीमालेख जारी गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै बीमालेख नेको इन्स्योरेन्सले जारी गरेको छ ।  कम्पनीले यो अवधिसम्ममा १ लाख ४७ हजार ३८१ बीमलेख जारी गरेको छ । त्यस्तै सूचीको दोस्रो स्थानमा सगरमाथा इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीले पुस महिनाको अन्त्यसम्ममा कुल १ लाख ३७ हजार ३८४ बीमालेख जरी गरेको छ । सबैभन्दा धेरै बीमालेख जारी गर्नेको तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ लाख ३१ हजार ६६९ बीमालेख जारी गरेको छ । 
सर्वाधिक बीमालेख जारी गर्नेको चौथो स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । सिद्धार्थ इन्स्योरेनसले समिक्षा अवधिसम्ममा १ लाख ३० हजार ०४५ बीमालेख जारी गरेको छ । १ लाख ३ हजार ०२१ बीमालेख जारी गरेको एनएलजी इन्स्योरेन्स सूचीको पाचौँ स्थानमा रहेको छ । 

यसैगरी युनाइटेड इन्स्योरेन्सले ८९ हजार ९९५,नेपाल इन्स्योरेन्स ८९ हजार ८८७, प्रिमियर इन्स्योरेन्स ८४ हजार १४२,प्रुडेन्यिसल ७३ हजार १५६,लुम्बिीनी जनरल ७२ हजार ७३७, अजोड इन्स्योरेन्स ६३ हजार ४२९,आइएमइ जनरल ५९ हजार ०२३,एभरेष्ट इन्स्योरेन्स ५७ हजार ०६१, प्रभु इन्स्योरेन्स ५७ हजार ०५७, हिमालयन ५३ हजार २२६, सानिमा जनरल ४५ हजार ०८६, जनरल इन्स्योरेन्स ३८ हजार ०९८, राष्ट्रिय बीमा संस्थान २३ हजार ३४३ र नेशनल इन्स्योरेन्स कम्पनीले ११ हजार ००९ बीमालेख जारी गरेको छ ।   


Share this with your friends: