निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ४०%,लघुबीमाको सबैभन्दा कम

2022-02-09
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ४०%,लघुबीमाको सबैभन्दा कम

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको अधिकांस हिस्सा मोटर बीमा व्यवसायले ओगटेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार पुस महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरुबाट संलकन गरेको कुल बीमाशुल्कमा करीब ४० प्रतिशत(३९.५४) हिस्सा मोटर बीमाले ओगटेको छ । 

पुस महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरुबाट ३ अर्ब ६७ करोड १२ लाख ९७ हजार रुपैयाँ कुल बीमाशुल्क अंकलन गरेका छन् । कम्पनीहरुले कुल बीमाशुल्कमा मोटर बीमाबाट सबैभन्दा धेरै अर्थात १ अर्ब ४५ करोड १६ लाख २० हजार रुपैयाँ संकलन गरेका छन् । जुन कुल बीमाशुल्कको करीब ४० प्रतिशत हुन आउँछ ।   कम्पनीहरुले पुस महिनामा २ लाख ६१ हजार ६८७ बीमालेख जारी गर्दै १ अर्ब ४५ करोड बढी बीमाशुल्क आर्जन सफल भएका हुन् ।  

नेपाल सरकारले मोटर बीमालाई अनिवार्य गरेकाले कुल व्यवसायमा मोटर बीमा व्यवसायको हिस्सा धेरै देखिएको हो । 

तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमामार्फत ६८ करोड २६ लाख ३३ हजार रुपैयाँ संकलन गरेका छन् । यस्तै इन्जिनियरीङ तथा ठेक्का जोखिम बीमाबाट ६५ करोड ५३ लाख ९६ हजार,विविध बीमाबाट ३७ करोड ७८ लाख ३१ हजार,कृषि तथा बाली बीमाबाट २१ करोड ८ लाख ७१ हजार,सामुन्द्रिक बीमाबाट १५ करोड ४ लाख ७० हजार,हवाई बीमाबाट १३ करोड ८४ लाख ७० हजार र सबैभन्दा कम लघु बीमाबाट ३९ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 


Share this with your friends: