निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ? यस्तो छ आँकडा

2022-03-02
निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ? यस्तो छ आँकडा

काठमाण्डौ । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । माघ महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपेयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरुले यो एक महिनाको अवधिमा सबैभन्दा धेरै बागमति प्रदेशबाट कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले बागमति प्रदेशबाट १ अर्ब ७१ करोड ९४ लाख ९ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट २६ करोड ७२ लाख ७५ हजार,प्रदेश १ बाट २६ करोड २५ लाख ९१ हजार,मधेश प्रदेशबाट १९ करोड ६१ लाख २२ हजार,सुदुरपश्चिम प्रदेशबाट ७ करोड २७ लाख ६ हजार र सबैभन्दा कम कर्णली प्रदेशबाट ३ करोड १२ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 


Share this with your friends: