नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

2021-09-01
नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । 

कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको हुनुपर्नेछ । तालिममा बीमा अभिकर्ता भई काम गर्ने उदेश्य भएका संस्थाहरुले समेत आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरुले कम्पनीको केन्द्रिय कार्यालयहरु तथा शाखा कार्यालयहरुमा आगामी भदौ २५ गतेसम्म आवेदन दिनुपर्नेछ । तालिममा सहभागीहरुलाई तालिम शुल्क १ हजार(इजाजतपत्र शुल्क समेत) निर्धारण गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: