काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२०० रुपैयाँ थियो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १५ प्रतिशत बोनस सेयर र ०।७९ प्रतिशत नगद लाभांस गरी कुल १५।७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी चैत ९ गते आयोजना हुन गईरहेको २६ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।