नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

2022-03-23
नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ९ गते)आयोजना हुँदैछ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २६ औँ वार्षिक साधारण काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो । 

उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   


Share this with your friends: