नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-03-23
नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६ औँ वार्षिक साधारण सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । 

उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।   


Share this with your friends: